Home>>सुदूरपश्चिम>>डडेल्धुरा>>परशुराममा प्राविधिक सहायक छनौटको अन्तिम नतिजा सार्वजनिक ।
डडेल्धुराराष्ट्रियसमाचार

परशुराममा प्राविधिक सहायक छनौटको अन्तिम नतिजा सार्वजनिक ।

डडेल्धुराः श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तरगत यस वर्ष कार्यविधि संसोधन गरि मन्त्रालयले देशैभरिका ७५३ वटै पालिकामा १ जना प्राविधिक सहायक नियुक्त गर्ने व्यवस्था मिलाएको थियो। उक्त व्यवस्था बमोजिम डडेल्धुराको परशुराम नगरपालिकाले पनि मिति २०७७ श्रावण २२ गते एक सार्वजनिक सूचना जारी गरि १ जना प्राविधिक सहायक करारमा पदपुर्तिका लागि दरखास्त आह्वान गरेको थियो ।

तोकीएको समय सिमा भित्र रितपुर्वक पर्न गएका दरखास्तहरुमा मापदण्ड बमोजिम मुल्याङ्कन गरि नगरपालिकाले गत भाद्र १५ गते संक्षिप्त सूचि प्रकाशित गरेको थियो । मिति २०७७ असोज २ गते प्रकाशित सूचना बमोजिम असोज ८ गते दिउँसो १ बजे सेवा सम्बन्धी र सोही दिनको दिउँसो २ बजे लिइएको कम्प्युटर सम्बन्धि लिखित परिक्षामा छोटो सूचीमा पर्न सफल जम्मा ९ जना सम्मेलित भएका हुन ।

यहि असोज ८ गते नै साँझ एक सूचना जारी गरि नगरपालिकाले प्राविधिक सहायक पदको नतिजा तथा अन्तिम योग्यताक्रमको सूची प्रकाशन गरेको छ। जस अन्तर्गत परशुराम नगरपालिका वडा न १० घर भएका राजेन्द्र चन्द एक नम्बरमा नाम निकाल्न सफल भएका छन भने झलारी ६ कञ्चनपुरका सुरेन्द्र घिमिरे अन्तिम योग्यताक्रमको दुई नम्बरमा पर्न सफल हुनुभएको छ।

यसका साथै नतिजा प्रकाशन भएको मितिले ७ दिन भित्र अर्थात यहि मिति २०७७ असोज १५ गते भित्र कार्यालय समय भित्र आफ्नो सम्पुर्ण सक्कल कागजात सहित नगरकार्यपालिकाको कार्यालयमा सम्पर्क राखि नियुक्ति लिनहुन नगरपालिकाले सम्बन्धित उमेदवारहरुलाई जानकारी समेत गराएको छ। तोकीएको समयावधि भित्र सफल उमेदवारले नियुक्ति लिन नआएमा तोकीएको कार्यविधि बमोजिम वैकल्पिक योग्यताक्रम अनुसार नियुक्त गरिने व्यहोरा समेत नगरपालिकाले सूचना मार्फत स्पस्ट पारेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *