Home>>सुदूरपश्चिम>>डडेल्धुरा>>परशुराममा ने क पा को बिस्तारित बैठक हुँदै ।
डडेल्धुराताजाराजनीतिसुदूरपश्चिम

परशुराममा ने क पा को बिस्तारित बैठक हुँदै ।

प्रदेश सभा सदस्य कुन्ती जोशी (रेखा )को प्रमुख आतिथ्यतामा परशुराम नगर कमिटिको बिस्तारित बैठक भैरहेको छ । बैठकमा बोल्दै नगर अध्यक्ष शेर सिंह माल डाइमण्डले केन्द्रिय राजनीतिक नेतृत्वको निर्देशन अनुसार आगामी कार्यक्रम तय गर्न तयारी अबस्थामा रहन कार्यकर्ताहरुलाइ आग्रह गर्नु भयो । गणतन्त्र ल्याउनका लागि हजारौ नागरिकले बलिदान गरेको स्मरण गर्दै बलिदानिबाट आएको गणतन्त्रको हत्या गर्ने अधिकार कसैलाइ नभएका बेला प्रधानमन्त्री ओलिले गरेको संसद विघटन जनभावना बिपरित रहेको बताउनु भयो ।यति बेला नेपालको संविधान सर्बोच्च अदालत नामको अस्पतालमा भर्ना भै वकिल नामका डाक्टरहरुले संविधानलाई जीवन्त राख्नकालागि चिरफार भै रहेको बताउनु भयो । बैठकमा करिब २ सय जना नेता कार्यकर्ताको सहभागिता रहेको छ । बैठकले हरि प्रसाद भट्ट, गणेश ब सिङ,ओम प्रकाश खाती,शेर बहादुर ठगुन्ना,वीर बहादुर भन्डारी, केशवराज अबस्थी, मान ब बिस्ट लगाएतका नेताहरुलाइ पार्टीको नीति बिपरित कार्य गरेकाले कार्बाही समेत गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *