Home>>सुदूरपश्चिम>>डडेल्धुरा>>परशुरराम नगरपालिका भित्र भाईरल ज्वरो तथा फ्लुका विरामीहरु बढ्न थाले ।
डडेल्धुराताजासुदूरपश्चिमस्वास्थ्य

परशुरराम नगरपालिका भित्र भाईरल ज्वरो तथा फ्लुका विरामीहरु बढ्न थाले ।

 

अर्जुन धामी

परशुरराम नगरपालिका भित्र भाईरल ज्वरो तथा फ्लुका विरामीहरु बढ्न थालेका छन् । पछिललो समयमा जोगबुडा अस्पतालमा दैनिक जसो २५ देखी ३० जाना भाईरल ज्वरोका विरामी उपचारका लागि आउने गरेका छन् । उनिहरुमा विशेषगरी ज्वरो आउने, टाउको दुख्ने, शरिर दुख्ने जस्ता लक्षणहरु देखा पर्ने गरेको जोगबुडा अस्पतालका जनस्वास्थ्य निरिक्षक प्रकाश धिमीरेले जानकारी दिएका छन् । उहाँका अनुसार मौसम परिवतर्न तथा वर्षादको समयमा फोहोर पानी पिउनाले उक्त समस्या हुने गरेको बताएकाछन् । यो भाईरल ज्वरो एक व्यक्तीबाट अर्को व्यक्तीमा पनि सजिलै सर्ने भएकाले अनिवार्य मास्क लगाउन, खानपीन तथा व्यक्तीगत सरसफाईमा विशेष ध्यान दिन समेत जनस्वास्थ्य निरिक्षक धिमिरेले जोड दिनु भएको छ । साथै जो कोहीको पनी टाउको दुखेमा, ज्वरो आयमा सर्वप्रथम घरमै प्रथमीक उपचार गर्न र निको नभएमा नजिकको स्वास्थ्य संस्थामा गई उपचार गर्न तथा परामर्स लिन अस्पतालका जनस्वासथ्य निरिक्षक प्रकाश धिमिरेले अनुरोध गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *