Home>>सुदूरपश्चिम>>डडेल्धुरा>>नेपाल संस्कृत बिश्वबिद्यालयका उपकुलपतिद्धारा परिगाँउमा रहेको परशुरा सास्कृत बिद्यापिठको स्थलगत निरिक्षण ।
डडेल्धुराताजासमाचारसुदूरपश्चिम

नेपाल संस्कृत बिश्वबिद्यालयका उपकुलपतिद्धारा परिगाँउमा रहेको परशुरा सास्कृत बिद्यापिठको स्थलगत निरिक्षण ।

पछिल्लो समय पुर्ण रुपमा बन्द रहेको परशुरा सांस्कृत बिद्यापिठ पुन सञ्चालनका लागीे स्थलगत निरीक्षण गरीएको छ । विहिबार परशुराम नगरपालिका वडा नं.५ परिगाउमा रहेको उक्त बिद्यापिठको नेपाल संस्कृत बिश्वबिद्यालयका उपकुलपति प्राध्यापक डा. यादव प्रशाद लामिछाने लगाएतको टोलीले स्थलगत निरिक्षण गरेको हो । उक्त टोलीले बिद्यापिठको भौतिक तथा बिद्यार्थीहरुको बस्तु स्थितीबारे छलफल सहित निरिक्षण गरेको संस्कृत बिद्यापिठका ब्यवस्थापन समिति अध्यक्ष मिन बहादुर चन्दले जानकारी दिनुभएको छ ।उपकुलपति प्राध्यापक डा.लामिछानेले आफ्नो तर्फवाट बिद्यापिठ पुन सञ्चालनका लागी तयार रहेको बताएका छन ।

यस्तै बिद्यापिठ सञ्चानका लागि सर्वप्रथम अध्ययन गर्ने बिद्यार्थी अवस्यक पर्ने भएकाले बिद्यार्थीलाई सुचना गर्न उहाले आग्रह गरेका छन । साथै बिद्यापिठ ब्यवस्थापन समितिले पनि चाडै बिद्यार्थी खोजि अध्यापन कार्य सञ्चान गरिने जनाएको छ । करिव २०६१ (६२ को जनआन्देलनमा तत्कालिन बिद्रोही समुहले उक्त बिद्यापिठको भौतिक संरचनामा आगजनि गरेको थियो । तत पश्चात करिव १५ वर्ष पुरा हुनै लाग्दा समेत अध्ययन अध्यापन कार्य सुचारु हुन सकेको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *