Home>>सुदूरपश्चिम>>डडेल्धुरा>>नेपाली काग्रेस परशुराम नगर सभापतिमा भरत बडायर जोशी निर्वाचित ।
डडेल्धुराताजाराजनीतिसमाचारसुदूरपश्चिम

नेपाली काग्रेस परशुराम नगर सभापतिमा भरत बडायर जोशी निर्वाचित ।

रमेश धामी/
नेपाली काग्रेस परशुराम नगर सभापतिमा भरत बडायर जोशी निर्वाचित हुनु भएको छ । आज सम्पन्न भएको दोस्रो नगर अधिवेसनबाट उहाँ १४८ मत सहित बिजयी हुनु भएको हो । कुल खसेको २०० मतमा ४८ मत सहित उहाँका प्रतिद्धन्दी धर्मानन्द भट्ट पराजित हुनु भएको हो । यस्तै उप सभापतिमा १३९ मत सहित जय बहादुर साउँद र ११६ मत सहित राज बहादुर बोहरा बिजयी हुनु भएको छ । सचिवमा १०९ मत सहित खगेन्द्र बहादुर सिंह र ११८ मत सहित मन्जु देबी धामी निर्वाचित हुनु भएको छ । मतदानमा २०० जना मतदाताले मतदान गरेका थिए । निर्वाचित भईसके पछि प्रतिक्रिया दिदै सभापति जोशीले संगठनलाई बलियो बनाउने, पाटिमा आबद्ध केही सदस्यहरुले लामो समय देखि स्थान नपाएको भन्दै कार्यकर्ताहरुको उचित मुल्याङन गरि जिम्मेवारी दिने बताउनु भयो । आफुले संगठनलाई बिस्तार गर्ने र संगठन मार्फत जनप्रिय काम गर्ने प्रतिबद्धता गर्नु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *