Home>>सुदूरपश्चिम>>डडेल्धुरा>>नेकपा माओवादी केन्द्रको परशुराम नगर भेला आज सम्पन्न ।
डडेल्धुराताजाराजनीतिसुदूरपश्चिम

नेकपा माओवादी केन्द्रको परशुराम नगर भेला आज सम्पन्न ।

नेकपा माओवादी केन्द्रको परशुराम नगर भेला सम्पन्न भएको छ । आज नगरपालिकाको सदरमुकाम जोगबुडा स्थित परशुराम रंग मैदानमा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रम बिभिन्न नेता तथा कार्यक्रताहरुको उपस्थितीमा नाराबाजी गर्दै जोगबुडा बजार परिक्रमा गरी रंगमैदानमा औपचारीक कार्यक्रम गरी सम्पन्न भएको थियो । कार्यक्रममा अधिकांश वक्ताहरुले पार्टी एकता नाटक रहेको र त्यो नाटक केपी शर्मा ओलीबाट प्रमाणीत भएको बताएको छन । यस्तै आफुहरु भने हरपल प्रचण्ड पथमै अडीक रहने समेत बताउनुभएको छ ।

माओवादी केन्द्र जिन्दावाद,बिर सहिदहरु लालसलाम, लगाएतका नाराहरु लगाईएको थियो । कार्यक्रममा पार्टीका बिभिन्न नेता तथा कार्यक्रताहरुको उपस्थिती रहेको थियो । सर्वोच्च अदालतले नेपाल कम्युनीष्ट पार्टी खारेजको घोषणा गरेसंगै पुर्ववत रुपमा फर्किन पार्टीलाई निर्देशन दिएको थियो । सोही अनुरुप माओबादी केन्द्रले पछिल्लो समय परशुराम नगरपालिकामा बिभिन्न कार्यक्रम गर्दै आईरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *