Home>>सुदूरपश्चिम>>कैलाली>>नेकपा माओबादी केन्द्रको अधिबेशन अन्र्तगत आज परशुराम नगरपालिकाको वडा नं.४ को वडा अधिबेशन सम्पन्न ।
कैलालीताजाराजनीतिसमाचारसुदूरपश्चिम

नेकपा माओबादी केन्द्रको अधिबेशन अन्र्तगत आज परशुराम नगरपालिकाको वडा नं.४ को वडा अधिबेशन सम्पन्न ।

अर्जुन धामी / 

नेकपा माओबादी केन्द्रको अधिबेशन अन्र्तगत मंगलबार परशुराम नगरपालिकाको वडा नं.४ को वडा अधिबेशन सम्पन्न भएको छ । मंगलबार वडा कार्यालय परिसर लटेरोडामा माओवादी केन्द्रका जिल्ला कमिटि अध्यक्ष मान सिह माल क्रान्त्रिको प्रमुख आतिथ्यता एवम् वडा कमिटि अध्यक्ष बिर सिंह मालको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रमा बिभिन्न पार्टीबाट करिव दुई दर्जन नेता तथा कार्यक्रताहरुले माओवादी केन्द्रमा प्रबेश गरेका छन् । पार्टी प्रबेश गर्नेमा पुर्व नेपाल तरुण दल डडेल्धुराका सचिव खेमराज जोशी, गत भाद्र २५ गते सम्मपन्न भएको नेपाली कांगेसको वडा अधिबेशनबाट वडा सचिवमा निर्बाचित हुनुभएका हरी प्रशाद जोशी, पुर्ब नेपाल बिद्यार्थी संघ डडेल्धुराका सदस्य दिप पाण्डेय, नेकपा एमालेबाट मानदेब मिश्र लगाएत २० जनाले पार्टीप्रबेश गरेका माओबादी केन्द्रका नगर कमिटि अध्यक्ष शेरसिंह माल डायमण्डले बताउनुभयो ।

यस्तै वडा अधिबेशनबाट कृष्ण सिंह जैशी अध्यक्ष एवम् कृष्ण महरा सचिव रहने गरी २९ सदस्यीय वडा कमिटि गठन गरीएको समेत नगरकमिटि अध्यक्ष मालले जानकारी दिनुभयो । साथै वडा नं.५ को वडा अधिबेशन भोलीका लागि तयभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *