Home>>सुदूरपश्चिम>>डडेल्धुरा>>नेकपा माओबादी केन्द्रको परशुराम नगरपालिका भित्रका १२ वटै बडाहरुको दोस्रो वडा अधिबेशन सम्पन्न ।
डडेल्धुराताजाराजनीतिसुदूरपश्चिम

नेकपा माओबादी केन्द्रको परशुराम नगरपालिका भित्रका १२ वटै बडाहरुको दोस्रो वडा अधिबेशन सम्पन्न ।

नेकपा माओबादी केन्द्र परशुरामले नगरभित्रका १२ वटै बडाहरुमा आफ्नो दोस्रो वडा अधिबेशन सम्पन्न गरेको छ । जस अन्र्तगत बुधबार वडा नं.११ र १२ को समेत वडा अधिबेशन सम्पन्न भएको हो । वडा नं.११ को सिमलवण्ड र वडा नं.१२ को राधाकृष्ण मन्दीर परिसर जोगबुडामा अधिबेशन सम्पन्न भएको छ ।

अधिबेशनबाट वडा नं. ११ को जानकारी हुन नसकेको र १२ मा नवराज भट्राईको नेत्तृत्वमा (२९ सदस्यीय वडा कमिटी गठन गरीएको माओबादी केन्द्रका नगरकमिटी अध्यक्ष शेर सिंह माल डायमण्डले बताउनु भएको छ ।

माओबादी केन्द्रले देशब्यापी रुपमा पार्टीको अधिबेशन सञ्चालन गरेसंगै सोही अनुरुप परशुराम नगरपालिकामा समेत वडा अधिबेशन सम्पन्न भएको हो । यस्तै यही मंसिर ११ गते माओवादी केन्द्रको परशुराम नगरअधिबेशन हुने समेत नगरकमिटी अध्यक्ष मालले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *