Home>>सुदूरपश्चिम>>डडेल्धुरा>>नेकपा एमाले परशुराम नगर कमिटिको वडा नं. ९ मा अगुवा कार्यकर्ता भेला सम्पन्न ।
डडेल्धुराताजाराजनीतिसमाचारसुदूरपश्चिम

नेकपा एमाले परशुराम नगर कमिटिको वडा नं. ९ मा अगुवा कार्यकर्ता भेला सम्पन्न ।

रमेश धामी/
नेकपा एमाले परशुराम नगर कमिटिको वडा नं. ९ मा अगुवा कार्यकर्ता भेला सम्पन्न भएको छ । आज परशुराम नगरपालिका वडा नं. ९ को गाईबाधेमा अगुवा कार्यकर्ता भेला भव्यताका साथ सम्पन्न भएको वडा कमिटि अध्यक्ष नरेश स्नेहीले बताउनु भयो । परशुराम नगरपालिकाका सबै वडाहरुमा अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यकक्रम सञ्चालन गरिरहेको एमालेले भोली असोज ९ गते वडा नं. १० को जोजलामा कार्यकर्ता प्रशिक्षण तथा अगुवा कार्यकर्ता भेला गर्ने छ । यसतै १० गते वडा नं. ११ को सिमलबण्ड र १२ गते वडा नं. १२ को परशुराम रंग मैदानमा भेला आयोजना गर्ने नेकपा एमाले परशुराम नगर अध्ध्यक्ष शेर बहादुर ठगुन्नाले बताउनु भयो । अन्य वडाहरु भेला भने सम्पन्न भैसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *