Home>>सुदूरपश्चिम>>डडेल्धुरा>>नेकपा एमाले डडेल्धुराका तत्कालीन जिल्ला अध्यक्ष डा. तारा जोशी नेतृतवको सिंगो टीम नेकपा एकीकृत समाजवादीमा प्रवेश ।
डडेल्धुराताजाराजनीतिसमाचार

नेकपा एमाले डडेल्धुराका तत्कालीन जिल्ला अध्यक्ष डा. तारा जोशी नेतृतवको सिंगो टीम नेकपा एकीकृत समाजवादीमा प्रवेश ।

नेकपा एमाले डडेल्धुराका तत्कालीन जिल्ला अध्यक्ष डा. तारा जोशी नेतृतवको सिंगो टीम नेकपा एकीकृत समाजवादी पार्टीमा प्रवेश गरेको छ । समाजवादीका केन्द्रीय अध्यक्ष माधवकुमार नेपालको उपस्थितिमा बुधवार भएको एक कार्यक्रमबीच एमालेका तत्कालीन अध्यक्ष डा.तारा जोशीको सिंगो टीमले नै समाजवादीमा प्रवेश गरेको हो । कार्यक्रमलाई सम्बोधन गर्दै डा. जोशीले एमाले अध्यक्ष केपी शर्मा ओलीमा निरंकुशता हाबी भएको र जनभावना विपरीत गएको बताउँदै आफूहरू समाजवादीमा गएकोे बताएका छन् । उनले ५१ सदस्यीय जिल्ला समितिका पदाधिकारीसहित दुईतिहाइ सदस्य समाजवादीमा समाहित भएका घोषणा गरेकाछन् । १४ जना भातृ संगठन प्रमुखको टीम समेत समाजवादीमा समाहित भएको जोशीले बताउनुभयो । सुदूरपश्चिममा एमाले अध्यक्ष केपी शर्मा ओलीले १० बुँदे सहमति विपरीत गतिविधि गराउन थालेपछि डडेल्धुरामा नेकपा एमाले विभाजन भएको बताइएको छ । डा.जोशी निर्वाचित जिल्ला अध्यक्ष हुँदाहुँदै ओलीले प्रकाश साउँदलाई अध्यक्ष बनाएका थिए । केन्द्रमा १० बुँदे सहमति भएपछि आफू जिल्ला अध्यक्ष हुनुपर्ने माग गर्दै आएका डा. जोशीको सुनुवाइ नभएपछि आफु समाजवादीमा प्रवेश गरेको डा. जोशिले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *