Home>>सुदूरपश्चिम>>डडेल्धुरा>>नेकपा एमालेको अगुवा कार्यकर्ता भेला आलितालमा सम्पन्न ।
डडेल्धुराताजाराजनीतिसमाचारसुदूरपश्चिम

नेकपा एमालेको अगुवा कार्यकर्ता भेला आलितालमा सम्पन्न ।

नेकपा एमालेको अगुवा कार्यकर्ता भेला आलितालमा सम्पन्न भएको छ । आज नेकपा एमाले आलिताल गाँउ कमिटी र परशुराम नगर कमिटीको संयुक्त आयोजनामा आलिताल गाउँपालिकाको सभाहलमा सम्पन्न भएको हो । पछिल्लो समय सिर्जित राजनितिक घटनाक्रमका बारेमा कार्यकर्ताहरुलाई प्रशिक्षण प्रदान गरिएको परशुराम नगर कमिटि अध्यक्ष शेर बहादुर ठगुननाले बताउनु भयो । कार्यक्रममा बोल्दै ने.क.पा. एमाले जिल्ला अध्यक्ष प्रकाश साउदले जिल्ला भरिमा १ जना निर्वाचित वडा अध्यक्ष बाहेक एमालेबाट निर्वाचित सबै जनप्रतिनिधी एमालेमै रहेको भन्दै अव पाटिलाई बलियो बनाउन सबैले जुट्नु पर्ने बताउनु भयो । अवको यात्रा आर्थीक बिकासको रहेकाले प्रत्येक नेता कार्यक्रर्ताले व्यवसायमा जोडिन पनि उहाँले आग्रह गर्नुभयो । गत महिना अमरगढि नगरपालिका धेरै जनाले एमालेमा प्रवेश गरेको स्मरण गर्दै एमालेमा प्रवेश गर्नेको लहर बढेको बताउनु भयो । कार्यक्रममा सुदुरपश्चिम प्रदेश कमिटीका सचिब एवम् डडेल्धुरा जिल्ला ईन्चार्ज राजेन्द्र सिह रावल, शुदुरपश्चिम प्रदेश सभाका सदस्य पठान सिह बोहरा,पुर्व जिल्ला सभापति गजेन्द्र बहादुर शाही,नेकपा एमाले जिल्ला कमिटी अध्यक्ष प्रकाश साउद तथा गाउ र नगरकमिटीका नेता तथा कार्यक्रताहरुको उपस्थीति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *