Home>>खेलकुद>>परशुराम नगरपालिका वडा नं.१० को आयोजनामा आजदेखी वडा स्तरीय खुल्ला पुरुष भलिबल प्रतियोगिता सञ्चालन ।
खेलकुदडडेल्धुराताजासमाचारसुदूरपश्चिम

परशुराम नगरपालिका वडा नं.१० को आयोजनामा आजदेखी वडा स्तरीय खुल्ला पुरुष भलिबल प्रतियोगिता सञ्चालन ।

अर्जुन धामी /  परशुराम नगरपालिका वडा नं.१० को आयोजनामा आजदेखी दोस्रो वडा स्तरीय बडा अध्यक्ष कप खुल्ला पुरुष भलिबल प्रतियोगिता सञ्चालन भएको छ । आज एक औपचारीक कार्यक्रमका बिच वडा अध्यक्ष हर्क बहादुर कार्कीले उक्त खेलको उद्घाटन गर्नुभएकोे हो । उक्त प्रतियोगितामा वडाभित्रका ८ ओटा टिमहरुको सहभागिता रहेको छ । आज प्रतियोगिताको उद्घाटन सहित पहिलो दिन चार ओटा खेलहरु भएका छन । जसमा पहिलो खेल धनसरा समुदायीक बन र अशिष पोल्ट्री फर्मबीच तथा दोस्रो खेल आयोजक वडा कार्यालय र ढकानी बीच भएको छ । तेस्रो खेल सिताराम मा.बि र शिवपार्वती प्रा.बि बीच हुँदा चौथो खेल केदार बासुलिङ्ग निर्माण सेवा जोजला र राम जानकी सा.ब कुर्मुल्ल तथा पाचौ खेल धनसरा सामुदायीक बन ढकानी र सिताराम मा.बि कुर्मुल्लेबीच प्रतिषपर्धा भएको भएको त्यहाँबाट पत्रकार धर्मराज भट्टले जानकारि दिनुभएको छ । खेल लिगकम नक आउटको आधारमा सञ्चालन भईरहेको प्रमुख रेफ्री गोकर्ण मल्लले बताउनुभएको छ । प्रतियोगितामा प्रथम हुने टिमले ३० हजार नगद सहित सिल्ड मेडल र प्रमाणपत्र, द्धितिय हुने टिमले नगद रू २० हजार सहित मेडल र प्रमाणपत्र तथा तृतिय हुने टिमले नगद रू १५ हजार सहित प्रमाणपत्र पुरस्कार स्वरूप बितरण गरीने वडा नं. १० का वडा अध्यक्ष हर्क बहादुर कार्कीले बताउनुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *