Home>>समाचार>>अन्तर्राष्ट्रिय>>दिल्लीमा सङ्क्रमणमुक्त हुनेको दर ७२ प्रतिशत
अन्तर्राष्ट्रियसमाचार

दिल्लीमा सङ्क्रमणमुक्त हुनेको दर ७२ प्रतिशत

भारतको नयाँ दिल्ली प्रदेशमा कोरोनाभाइरसबाट सङ्क्रमणमुक्त हुनेको दर ७२ प्रतिशत पुगेको छ। प्रदेशका मुख्यमन्त्री अरविन्द केजरीवालले सङ्क्रमणमुक्त हुनेको सङ्ख्या प्रतिदिन बढ्दै गइरहेको सोमबार बताउनुभयो।

“कोरोनाभाइरसबाट सङ्क्रमण भएकाहरुको सङ्ख्या प्रदेशभरीमा मात्रै झण्डै एक लाख पुग्न लागेको छ, ती मध्ये झण्डै ७२ हजार सङ्क्रमणमुक्त भइसकेका छन्,” उहाँले भन्नुभयो। उहाँले यसलाई धेरै खुशी र सन्तुष्टिको विषयको रुपमा लिइएको पनि बताउनुभयो।

नयाँ दिल्ली प्रदेशमा मात्रै अहिले दैनिक २० हजारदेखि २४ हजारसम्म परीक्षण परीक्षण भइरहेको पनि उहाँले जानकारी दिनुभयो। दैनिकरूपमा भइरहेको परीक्षणबाट अहिलेसम्म दिल्ली प्रदेशमा कुल सङ्क्रमितको सङ्ख्या ९९ हजार ४४४ पुगेको अधिकारीहरुले जनाएका छन्।

त्यसैगरी दिल्ली प्रदेशमा मात्रै कोरोनाभाइरसका कारण अहिलेसम्म तीन हजार ६७ जनाको मृत्यु भएको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ।   

Leave a Reply

Your email address will not be published. Required fields are marked *