Home>>सुदूरपश्चिम>>डडेल्धुरा>>डडेल्धुरा जिल्लाको परशुराम नगरपालिकामा पनि लैङ्किक हिंसा विरुद्धको १६ दिने अभियान को समापन
डडेल्धुराताजासमाचारसुदूरपश्चिम

डडेल्धुरा जिल्लाको परशुराम नगरपालिकामा पनि लैङ्किक हिंसा विरुद्धको १६ दिने अभियान को समापन

 

अर्जुन धामी, २५ मंसिर २०७७

अन्तराष्ट्रिय रुपमा मनाईदै गरिेएकोे लैङ्किक हिंसा विरुद्धको १६ दिने अभियान डडेल्धुरा जिल्लाको परशुराम नगरपालिकाले पनि आज समापन गरेको छ । विश्वभरी नै लिङ्गका आधारमा गरिने सबै प्रकारका हिंसा बिरुद्धमा हरेक बर्ष नोभेम्बर २५ देखि डिसेम्बर १० तारिख सम्म बिभिन्न कार्यक्रमहरुका साथ मनाईने लैङ्किक हिंसा बिरुद्धको अन्तराष्ट्रिय दिवस संयुक्त राष्ट्रसंघको आह्वानमा नेपालले पनि २०५४ साल देखि हाल सम्म निरन्तर रुपमा विभिन्न कार्यक्रम सहित मनाउदै आईरहेको छ । मंसिर १० देखि आज सम्म सञ्चालन भएको उक्त कार्यक्रमको महिला तथा वालबालिकाको मानव अधिकार संरक्षण गर्ने, उनीहरुको सम्मानपुर्वक बाच्ने अधिकार सुनिश्चित गर्ने, विकास कार्यमा समान साझेदारीको रुपमा स्थापित गरि नेपालमा लैङ्किक समानता कायम गर्नु यस अभियानको मुख्य लक्ष्य रहेको लैङ्किक हिंसा विरुद्धको १६ दिने अभियानको परशुराम नगरपालिकाका कानुनि सल्लाहकार गोविन्दराज जोशीले कार्यपत्र प्रस्तुत गर्दैे जानकारी दिनुभयो

नगरपालिकाले मंसिर १० गतेका दिन ¥याली निकाली बजार परिव्रmमा गरि पुनः नगरपालिकामा गई कोण सभा गरी शुभारम्भ गरिएको थियो । डिसेम्बर १ मा एच.आई.भि एडस् बिरुद्धको ३३ औँ विश्व एडस् दिवस, डिसेम्बर २ मा दासता उन्मुलन दिबस, डिसेम्बर ३ मा अपाङ्गता विरुद्धको २९ औ राष्ट्रिय दिवस, डिसेम्बर ५ मा १७ औँ राष्ट्रिय महिला स्वयम्सेवीका दिवस, डिसेम्बर ७ मा नागरिक उड्डयन दिवस, डिसेम्बर ९ मा अन्तराष्ट्रिय भष्ट्राचार उन्मुलन दिवस मनाइ आज एक औपचारिक कार्यक्रमका बिच नगर उप प्रमुख कलावति देवी बोहराले उक्त कार्यक्रमको समापन भएको घोषणा गर्नुभएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *