Home>>सुदूरपश्चिम>>डडेल्धुरा>>डडेल्धुरामा केही दिन यता कुकुरहरूमा पार्भो क्यानाइलडिस्ट्याम्पर रोगको प्रकोप ।
डडेल्धुराताजासमाचारसुदूरपश्चिमस्वास्थ्य

डडेल्धुरामा केही दिन यता कुकुरहरूमा पार्भो क्यानाइलडिस्ट्याम्पर रोगको प्रकोप ।

रमेश धामी / १८ चैत्र ।          डडेल्धुरामा केही दिन यता कुकुरहरूमा पार्भो क्यानाइलडिस्ट्याम्पर रोगको प्रकोप बढेको छ । करिब ५/६ दिन यता कुकुरहरूमा उक्त रोग देखा परेको भेटेनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्र डडेल्धुराका प्रमुख देव दत्त भट्टले बताउनु भयो । अहिले दैनिक ७-८ वटा कुकुरहरुको उपचारका लागि कुकुर पालकहरुले कार्यालयमै ल्याउने गरेका छन । प्रायः प्रत्येक वर्ष फागुन चैत्रको महिना कुकुरहरूमा उक्त रोग देखा पर्ने भए पनि यस वर्ष प्रकोपकै रुपमा देखिएको छ । यो रोग लागेमा वान्ता गर्ने,रगत दिशा गर्ने,कोका गर्ने लक्षण देखिने गरेका छन । जति बेला पनि कुकुरलाई यो रोगको संक्रमण हुन सक्ने भन्दै समयमै आ आफ्नो कुकुरलाई  खोप लगाउन भेटेनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्र डडेल्धुराले आह्वान गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *