Home>>सुदूरपश्चिम>>डडेल्धुरा>>छिमेकी जिल्ला कञ्चनपुर जोड्ने छोटो सडकका रुपमा रहेको सादनी, गैरिखान, सुडा सडक पुर्ण रुपमा अवरुद्ध हुदा स्थानीयहरु समस्यामा ।
डडेल्धुराताजासमाचारसुदूरपश्चिम

छिमेकी जिल्ला कञ्चनपुर जोड्ने छोटो सडकका रुपमा रहेको सादनी, गैरिखान, सुडा सडक पुर्ण रुपमा अवरुद्ध हुदा स्थानीयहरु समस्यामा ।

परशुराम नगरपालिका देखी छिमेकी जिल्ला कञ्चनपुर जोड्ने छोटो सडकका रुपमा रहेको सादनी, गैरिखान, सुडा सडक पुर्ण रुपमा अवरुद्ध हुदा स्थानीयहरु समस्यामा परेका छन । वर्षादका कारण सडकको अधिकांश भागमा पहिरो गएको तथा खहरे भेलले कटान गर्दा सडक खहरेमा परिणत भएको छ । उक्त सडक अवरुद्धहुदा वडा नं.५,६,७ र८ का स्थानीयहरुले जंगलको करिव ६ घण्टाको पैदलयात्रा गर्दै महेन्द्रनगर जानुपर्ने बाध्यता रहेको वडा नं. ७ घुम्टेगडाका स्थानीय कर्ण बहादुर धामीले बताएका छन ।

बिशेष गरी उक्त क्षेत्रका बासीन्दाहरु दैनिक उपभोग्य तथा औषधी उपचारका लागी समेत सोही बाटो भएर महेन्द्रनगर धाउने गरेका छन ।वर्षातको समयमा बसेनी खोला वारीपारी पहिरो आउने गरेकाले बिद्यार्थीलाई बिद्यालय जान कठिन भईरहेको समेत स्थानीय कर्ण धामीले दुखेसो गरेका छन ।उत्त सडक पुन सञ्चालनका लागी स्थानीय सरकारले सम्वन्धित पक्षसंग माग गर्न समेत स्थानीयहरुले जोड दिएका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *