Home>>सुदूरपश्चिम>>डडेल्धुरा>>चोरीको मोटरसाईकल पक्राउ गर्न जोगबुडा प्रहरी सफल ।
डडेल्धुराताजासमाचार

चोरीको मोटरसाईकल पक्राउ गर्न जोगबुडा प्रहरी सफल ।

परशुराम नगरपालिकाको सदरमुकाम जोगबुडा बजारबाट २० गते सोमबार राती चोरी भएको से ७ प ३३४२ नं.को तोया सुनारको नाममा रहेको मोटरसाइकल प्रहरीले फेला पारेको छ । २० गते राती चोरी भएको मोटरसाईकल कञ्चनपुरको बेतकोट नगरपालिका १ बाट प्रहरीले बरामत गरेको हो । चोरीमा संलग्न बेतकोट नगरपालिका १ का ईश्वर पुरीलाई पक्राउ गरिएको छ भने चोरीमा संलग्न सोही ठाँउका धिरेन्द्र चन्द र ईश्वर चटौत फरार रहेकाले खोजीकार्य भईरहेको ईलाका प्रहरी कार्यालयका प्रहरी निरिक्षक रमेश दत्त अवस्थीले जानकारी दिनु भयो । चोरीको मोटरसाईकल जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा राखिएको र मोटरसाईकल र चोरीमा संलग्नलाई जिल्ला प्रहरी कार्यालय डडेल्धुरा ल्याई चोरी मुद्धामा कारबाही अगाडि बढाईने प्रहरी निरिक्षक रमेश दत्त अवस्थीले बताउनु भयो । पल्लिो समय भित्रिमदेसमा चोरीका घटना बढ्न थाले पछि प्रहरीले रातिमा समेत व्यापक प्रहरी गस्ति परिचालन गर्ने गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *