Home>>समाचार>>कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या एक हजार एक सय ७४
समाचारस्वास्थ्य

कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या एक हजार एक सय ७४

नेपालमा काेराेना भाइरस (काेभिड–१९) का सङ्क्रमितकाे सङ्ख्या दुई लाख नाघेकाे छ ।  पछिल्लो २४ घण्टामा २५६९ जनामा संक्रमण पुष्टि भएसँगै कुल संक्रमितको संख्या २ लाख २ हजार ३२९ पुगेको हो  ।  पछिल्लाे २४ घण्टामा १० हजार ८१ जनाकाे नमुना परीक्षण भएकाे हाे । त्यस्तै गएकाे २४ घण्टामा एक हजार ६ सय ६६ जना निकाे भएर फर्किएसँगै डिस्चार्ज हुनेकाे सङ्ख्या एक लाख ६२ हजार दुई सय ४३ पुगेको छ । अब नेपालमा ३८ हजार नाै सय १२ जना सक्रिय सङ्क्रमित आइसाेलेशनमा रहेका छन् । यस्तै एक हजार एक सय नाै जना क्वरेण्टीनमा रहेकाे मन्त्रालयले जनाएको छ । यस्तै गएको २४ घण्टामा २६ जनाको ज्यान गएसँगै कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या एक हजार एक सय ७४ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *