इंग्लिस प्रीमियर लिग फुटबलमा चेल्सी पराजित भएको छ। वेस्टह्याम युनाइटेडको घरेलु मैदानमा बुधबार राति भएको खेलमा चेल्सी ३–२ गोलले पराजित भएको हो।
खेलमा सुरुआती अग्रता लिएको चेल्सीले अग्रता जोगाउन नसक्दा पराजित भएको हो। खेलको ४२ औं मिनेटमा विलियनको पेनाल्टीमा गोल गर्दै चेल्सीलाई अग्रता दिलाए। तर पहिलो हाफको इन्जुरी समयमा थोमस सोसेकले गोल गर्दै पहिलो हाफमा खेल १ –१ को बराबरीमा ल्याए।
खेलको ५१ औं मिनेटमा मिचेल एन्टोनियोले गोल गर्दै चेल्सीमाथी २–१ को अग्रता दिलाए। त्यसपछि विलियनले व्यक्तिगत दोश्रो गोल गर्दै चेल्सीलाई पुनः खेलमा फर्काउने प्रयास गरे। उनले खेलको ७२ औं मिनेटमा गोल गर्दै खेल २(२ को बराबरीमा ल्याएका थिए।
तर खेलको अन्तिम मिनेटमा गोल गर्दै वेस्टह्यामले पुनः अग्रता लियो। खेलको ८९औं मिनटमा एण्ड्री यारमेलेङ्घकोले गोल गर्दै वेस्टह्यामलाई ३(२ को महत्वपूर्ण जित दिलाए।
यस जितसँगै वेस्ट ह्याम ३२ खेलबाट ३० अंक जोड्दै रेलिगेशन जोनबाट स्थान माथि उक्लिएको छ। वेस्टह्याम तालिकाको १६ औं स्थानमा छ। पराजित चेल्सी भने समान खेलबाट ५४ औं सहित चौथो स्थानमा छ। हारको समना गरेको चेल्सीको लेस्टरलाई पछि पार्दै तेश्रो स्थानमा उक्लने मौका गुमेको हो। एजेन्सि