आज साउनको पहिलो सोमबार। देशका विभिन्न स्थानमा रहेका शिव मन्दिरहरुमा दर्शन गर्न व्रतालुहरु पुग्ने गर्दछन्।
आज, साउनको पहिलो सोमबार भएका कारण र साउनको हरेक सोमबार भगवान शिवको व्रत बस्ने पूजा आराधना गर्नेहरु नजिकका शिवालयमा गएर भौतिक दूरी कायम गरी पूजाआजा गर्ने तरखरमा छन्।
यसैबीच अघिल्ला वर्षहरुमा निकै भिडभाड हुने देशका विभिन्न शिवमन्दिरहरुमा यसपटक भिडभाड नहुने भएको छ।