Home>>सुदूरपश्चिम>>डडेल्धुरा>>अस्मिता धामी न्यायिक संघर्ष समितिले भाद्र ३० गतेबाट पुनः पुर्व निर्धारित आन्दोलनका कार्यक्रम गर्ने ।
डडेल्धुराताजासमाचारसमाजसुदूरपश्चिम

अस्मिता धामी न्यायिक संघर्ष समितिले भाद्र ३० गतेबाट पुनः पुर्व निर्धारित आन्दोलनका कार्यक्रम गर्ने ।

रमेश धामी
अस्मिता धामी न्यायिक संघर्ष समितिले भाद्र ३० गतेबाट पुनः पुर्व निर्धारित आन्दोलनका कार्यक्रम गर्ने भएको छ । संघर्ष समितिको आज बसेको बैठकले भाद्र २९ गते जोगबुडा सदरमुकाममा सर्वदलिय छलफल गर्ने ३० गते पूर्व निधारित अनुसार सरकारी कार्यालयमा तालाबन्दि गर्ने र ३१ गते डडेल्धुरा जिल्ला बन्द गर्ने निर्णय गरेको न्यायिक संघर्ष समितिका उपसंयोजक मान ब बोहराले बताउनु भयो । गत भाद्र ६ गते तालान्द गर्ने कार्यक्रम रहे पनि प्रशासनले १५ दिनको समय मागेको तर संघर्ष समितिले २० दिनको समय उपलब्ध गराए पनि सरकार पक्षबाट कुनै प्रतिक्रिया नआए पछि पुनः न्यायका लागि आन्दोलनमा उत्रिनु परेको समितिका संयोजक धन बहादुर बोहराले बताउनु भयो । बारम्बार सरकारले अस्मिता संगै अन्यायमा परेको समुदायलाई अझ झन जालझेल गरेर अन्यायमा पार्न खोजेको भन्दै अब कुनै किसिमको प्रपन्चमा नपरी न्यायका लागि शशक्त आन्दोलनमा उत्रिने संघर्ष समिति सदस्य देबुवा धामीले प्रष्ट पार्नु भयो । गत असार २ गते जमरानी आधारभुत स्वास्थ्य संस्थामा कार्यरत अस्मिता धामी बेपत्ता भई असार ५ गते विभत्स हत्या गरेको अवस्थामा वडा नं. ९ को हट्वानी सामुदायिक बनमा फेला परेकी थिईन् । लामो समय बिति सक्दा पनि प्रहरीले घटनाबारे कुनै जानकारी सार्वजनिक गरेको छैन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *