Home>>सुदूरपश्चिम>>डडेल्धुरा>>अस्मिता धामीले न्याय नपाएको भन्दै हत्यारा सार्वजनिक गर्न पूर्व मन्त्री पठान सिंह बोहराको माग ।
डडेल्धुराताजासमाचारसमाजसुदूरपश्चिमस्वास्थ्य

अस्मिता धामीले न्याय नपाएको भन्दै हत्यारा सार्वजनिक गर्न पूर्व मन्त्री पठान सिंह बोहराको माग ।

रमेश धामी /

हत्या भएको ३ महिना हुनै लाग्दा पनि अमिता धामीले न्याय नपाएको भन्दै पूर्व पन्त्री तथा प्रदेश सभा सदस्य पठान सिंह बोहराले आपत्ती जनाउनु भएको छ । हिजो परशुराम नगरपालिका ५ परिगाउमा महिलाहरुको महान चाड तिजको अवसरमा शुभकामना प्रदान गर्दै नारी अधिकारको रक्षाका लागि सबैले वेवकशिल नागरिले एक हुनु पर्ने बताउनु भयो । नारीहरु अझै पनि असुरक्षित रहेको बताउदै सरकार आफै पनि महिलाको अधिकारमा उदासिन रहेको स्पष्ट पार्नु भयो । करिव ३ महिना अघि महिला कर्मचारी अस्मिता धामीको विभत्स हत्या गरिएको घटनालाई सरकारले अझै पनि गम्भीर रुपमा नलिएको भन्दै तत्काल हत्यारा सार्वजनिक गर्न माग गर्नुभयो । अस्मिताको न्यायको लागि भन्दै न्यायिक संघर्ष समितिले संघर्षका कार्यक्रम सार्वजनिक गरे पछि १५ दिनको समय माग्दै आन्दोलन स्थगित गर्न अनरोध गरेको जिल्ला प्रहरी तथा प्रशासनले अहिले सम्म घटनाको कुनै पनि तथ्य सार्वजनिक गर्न सकेको छैन् । संघर्ष समितिले २४ गते सम्मको समय दिएको थियो । हाल सम्म कुनै पनि तथ्य सार्वजनिक नगरिएको भन्दै सघर्ष समितिले अब शशक्त आन्दोलन गर्ने बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *