Home>>सुदूरपश्चिम>>डडेल्धुरा>>अस्मिता धामीको हत्यारा सार्वजनिक गर्न माग गर्दै न्यायीक संघर्ष समितिद्धारा परशुराम नगरपालिकाको कार्यालयमा तालाबन्दी ।
डडेल्धुराताजासमाचारसुदूरपश्चिम

अस्मिता धामीको हत्यारा सार्वजनिक गर्न माग गर्दै न्यायीक संघर्ष समितिद्धारा परशुराम नगरपालिकाको कार्यालयमा तालाबन्दी ।

अस्मिता धामीको न्यायका लागी भन्दै न्यायीक संघर्ष समितिले जोगबुडा बजार पुर्णरुपमा बन्द सहित परशुराम नगरपालिकाको कार्यालयमा तालाबन्दी गरेको छ । विहिवार नगरपालिकाको प्रशासन शाखा लगाएत अन्य शाखाहरुमा अनिश्चितकालका लागी तालाबन्दी गरीएको हो । वडा नं.८ को जमरानी आधारभुत स्वास्थ्य केन्द्रमा कार्यरत अस्मिता धामीका परीवार र नगरपालिका बिच भएका सहमतीहरु कार्यान्वयन गरी यथासिघ्र हत्यारा सार्वजनिक गर्न दवाव स्वरुप नगरपालिकामा पनि ताला लगाईएको संघर्ष समितिका संयोजक धन बहादुर बोहराले बताएका छन । यस्तै बुधबार न्यायीक संघर्ष समितिले ईलाका प्रशासन कार्यालय जोगबुडाको कार्यालयमा समेत तालाबन्दी गरेको थियो । आफ्ना मागहरु सम्वोधन नगरीए सम्म ईलाका प्रशासन कार्यालय जोगबुडा र परशुराम नगरपालिकामा लगाईएको ताला नखुल्ने संघर्ष समितिका उपसंयोजक मान बहादुर बोहराले स्पस्ट पारेका छन । आफुहरुलाई प्रशासनले बारम्वार आस्वासन मात्रै दिनेगरेकोमा अब न्याय नपाउन्जेल सम्म शसक्त आन्देलन गर्ने समेत संघर्षसमितिले चेतावनि दिएको छ । संघर्ष समितिले अस्मिता हत्या प्रकरणको प्रारम्भिक प्रतिबेदन सार्बजनिक गनुपर्ने, पीडित परिवारलाई यथाशिघ्र राहतको व्यवस्था गर्नुपर्ने र जमरानी आधारभूत स्वास्थ्य केन्द्रको नाम परिवर्तन गरि अस्मिता स्मृति आधारभूत स्वास्थ्य केन्द्र राख्नुपर्ने लगाएतका माग राख्दै आन्दोलित भएको छ । अस्मिता गएको असार २ गते आधारभुत स्वास्थ्य केन्द्र जमरानीबाट कोरोनाको बचत खोप र स्वास्थ्य सामाग्री लिएर जोगबुडा अस्पताल पु¥याउन भनी निस्केकी र त्यही दिनदेखी बेपत्ता भएकी थिईन ।तत पश्चात प्रशासन र स्थानीयले खोजीकार्यलाई तिब्र पार्दा वडा नं. ९ को हट्वानी सामुदायिक वनको जंगलमा बिभत्स हत्या गरेको अवस्थामा शव फेला परेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *