Home>>सुदूरपश्चिम>>डडेल्धुरा>>अविरल वर्षाले झोलुङ्गे पुल बगायो , सयौ रोपनी जमिन कटान ।
डडेल्धुराताजाराष्ट्रियसमाचारसमाजसुदूरपश्चिम

अविरल वर्षाले झोलुङ्गे पुल बगायो , सयौ रोपनी जमिन कटान ।

रमेश धामी/
यहि भाद्र ११ गते परेको अविरल वर्षाका कारण आएको बाढिले डडेल्धुराको परशुराम नगरपालिकामा ठूलो भौतिक क्षति भएको छ । बाढिले नगरपालिकाको वडा नं. ८ र ९ मा रहेको डेबरी खोला झोलुंगे पुल बगाएको छ । झोलुंगे पुल खोलाले बगाए पछि २ ओटा वडाहरुको संम्वन्ध विच्छेद भएको छ । पुल खोलाले बगाए पछि बिद्यार्थीहरुलाई आवतजावत गर्न पनि जोखिमपूर्ण यात्रा गर्नु परेको छ । यस्तै डेबरी खोलामा आएको बाढिले वडा नं. ८ सानखोलाका स्थानियहरुको खेत कटान गरेको छ भने घर पनि जोखिममा परेका छन् । झोलुङ्गे पुल नजिकै रहेको कुलेभाट सामुदायिक बनको पक्की भवन र बिरे धामीले पसल पनि उच्च जोखिममा रहेका छन् । सोही खोलाले डेबरीका स्थानिय कलक धामी,जयमल धामी र धिगुरो धामीको जमिन र वडा नं. ८ जमरानीका नरेन्द्र बिष्टको जमिन पनि कटान गरेको छ । त्यस्तै वडा नं. ९ कै न्याउली खोलामा आएको बाढिले बिरलथला जोड्ने काठको पुल बगाएको छ भने खोला किनारका हर्क ब. बोहरा,कालुसिंह बोहरा, बेलमति लुहार,कृष्ण बोहरा, मान बहादुर बोहराको जमिन बगाएको छ । खोलाले गाईबाधे खानेपानी जडापानीको ईन्टेक तथा पाईप बगाउदा वडा नं. ९ को गाईबादेमा खानेपानीको अभाव भएको छ । यस्तै गाईबाधे बजारको पश्चिम तर्फ माथीबाट पहिरो आउँदा हरि सिंह धामी,कृष्ण पन्त,गौर सिंह ठगुन्ना,महन बोहराको घर पनि उच्च जोखिममा रहेका छन् । वडा नं. ९ को बझाङ्गीजालामा रन बहादुर साउद,धन ब. खड्का,गंगा देबी खड्का,रंगलाल धामी,गगन ब. धामी,जय ब. खत्रीको रोपाई गरिएको करिव १० रोपनी जमिन कटान गरिएको छ । विपतको समयमा कुनै पनि सरोकारवाला निकायले चाँसो नदेखाएको भन्दै पिडितहरुले रेडियो रंगुन एफ.एम.को रिपोर्टिङ टोली संग दुखेसो पोखेका छन् । उनीहरुले तत्काल राहात र उद्धारको पहलका लागि सरोकारवाला निकाय संग माग गरेका छन् ।

वर्षातका कारण गाईबाधे साँदनी सडक पूर्ण रुपमा अवरुद्ध भएको छ । सडक अवरुद्ध हुदा स्थानियहरुलाई दैनिक उपभोग्य वस्तु आपुर्तिमा समस्या भएको छ । यो संगै नगरपालिका अन्तरगतका सबै ग्रामिण सडकहरु अवरुद्ध भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *